Techie IT
बुधबार, माघ २,२०८१

माओवादी केन्द्रको साङ्गठनिक प्रस्ताव तयार गर्ने जिम्मा ‘प्रचण्ड’ लाई


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को साङ्गठनिक प्रस्ताव तयार गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिइएको छ ।

अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो प्रस्ताव तयार गर्ने जिम्मा पार्टी अध्यक्ष ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिनुभयो ।

पार्टीको केन्द्रीय समितिको बैठक चलिरहेकोले पोलिट्ब्यूरो, स्थायी समिति र पदाधिकारीको विषयमा सम्पूर्ण जिम्मा अध्यक्ष ‘प्रचण्ड’ लाई दिएर सङ्गठनात्मक प्रस्ताव तयार गर्ने निर्णय गरेको प्रेस संयोजक शर्माले बताउनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #पुष्पकमल दाहाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Mostly Cloudy
6:54 am5:32 pm +0545