Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले सांसद हिमादेवी बस्नेतको शपथग्रहण


विराटनगर । नेकपा (एमाले) बाट प्रदेश नं १ मा समानुपातिकतर्फ निर्वाचित भएकी हिमादेवी बस्नेतलाई सांसद पदको शपथग्रहण गराएका छन् । प्रदेश सभामा मंगलबार आयोजित कार्यक्रममा सभामुख प्रदीप कुमार भण्डारीले बस्नेतलाई शपथग्रहण गराएका हुन् ।

निर्वाचन आयोगले असार २० गते बस्नेतलाई सांसद पदमा नियुक्त गरेको थियो । एमाले सांसद गुल्लेफुन मियाँले सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर भएपछि राजीनामा दिएकी थिइन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545