Techie IT
आईतबार, वैशाख ७,२०८२

नेकपा एमालेको संगठित सदस्यता नविकरण समय थप


काठमाडौँ । नेकपा (एमाले) ले संगठित सदस्यता नविकरणको समय थप गरेको छ ।

सोमबार केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय संगठन विभागको सातौँ बैठकले सदस्यता नविकरणको समय थप गर्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी सदस्यता नवीकरण, संगठनसम्बन्धी कार्यशाला, अनुगमन र मूल्याङ्कन तथा बार्षिक कार्ययोजना कार्यान्वयनका विषयमा छलफल भएको थियो ।

एमालेको आधिकारिक वेभसाइड सीपिएन युएमएल डट ओआरर्जीले जनाएअनुसार बैठकले समग्र कामको मूल्यांकन गर्दै सदस्यता नविकरणको समय साउन मसान्तसम्म थपिएको हो ।

महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्य र संगठन विभाग प्रमुख खगराज अधिकारीको अध्यक्षतामा भएको बैठकले संगठनसम्बन्धी कार्यशालाका सम्बन्धमा बाग्मती प्रदेशमा सम्पन्न भइसकेको र अन्य प्रदेशको हकमा असार, साउन र भदौ महिनामा सम्पन्न गर्ने कार्यतालिका पनि तय गरेको छ ।

प्रदेश १ मा यसै असार महिनाको २९ र ३० गते, गण्डकी प्रदेशमा साउन १ र २ गते, लुम्बिनी प्रदेशमा साउन १३ र १४ गते, सुदूरपश्चिममा साउन ३ र ४ गते र कर्णाली प्रदेशमा भदौ पहिलो साता सम्पन्न गर्ने बैठकले निर्णय गरेको छ । मधेश प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय कमिटीको समयतालिका पनि छिटै तय सो बिभागले जनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545