Techie IT
शनिबार, वैशाख ६,२०८२

ज्योतिषलाई हेराएर निर्वाचनको मिति तय गर्दै प्रधानमन्त्री देउवा


काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिक फैसला गर्दै तत्कालीन केपी शर्मा ओलीको सरकारलाई हटाएर कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्न परमादेश जारी गरेको थियो ।

त्यसपछि नाटकीय ढंगबाट देउवा पाँचौँ पटक प्रधानमन्त्रीका रुपमा नेतृत्व गर्न सफल भएका थिए ।

देउवाले प्रधानमन्त्री बनेपछि पनि विश्वासको मत पाइने नपाइने भन्नेमा सन्देह थियो ।

त्यसबेला उनले ज्योतिषलाई हेराएर ज्योतिषले भनेकै दिन विश्वासको मत लिएका थिए । त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटार गइसकेपछि पनि अन्य काम भन्दा पूजा अर्चनामा निकै समय दिएको सामाजिक सञ्जालमा देखिएका तस्वीरहरुले पनि संकेत गर्थे ।

देउवा भित्री रुपमा यस्ता कुराहरुमा निकै विश्वास गर्दछन् । यसै क्रममा आगामी संसदीय निर्वाचनका मामिलामा पनि उनले ज्योतिषलाई हेराएका छन् । कात्तिकमै निर्वाचन गरिने भनिए पनि ज्योतिषका सल्लाहअनुसार मंसिरमा चुनाव गर्ने देउवाले तयारी गरेका बुझिएको छ ।

उता निर्वाचन आयोगले पनि मंसिर पहिलो साताभित्रै एकै चरणमा निर्वाचन गर्न सरकारलाई सिफारिस गर्ने तयारी गरेको छ ।

देउवाले ज्योतिषकै सल्लाहअनुसार मंसिर पहिलो सातामा संसदीय निर्वाचन गाउने निर्णय मन्त्रिपरिषदबाट गराएर राष्ट्रपतिसमक्ष सिफारिश गर्ने भएका हुन् ।

विशेष स्रोतका अनुसार साउन पहिलो हप्तामा निर्वाचनको मिति घोषणा हुन सक्छ । त्यसका लागि पनि देउवा चुनावको बार, गते र महिना जुराउन लागि परेको बताइन्छ ।

स्थानीय निर्वाचनमा गठबन्धन गरेर आफू पहिलो पार्टीको बनेकोमा देउवाको आत्मविश्वास बढेको छ । साथै, बाम एकताको विषयले उनलाई टाउको दुखाइ बनेको छ ।

यदि कम्युनिष्ट एकता हुने हो भने कांग्रेसले दोस्रो दलको रुपमा चित्त बुझाउनुपर्ने हुनेछ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545