नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन र शुभेच्छुक संस्थाको विधान परिमार्जन र पारित गर्ने सन्दर्भमा छलफल गर्न मङ्गलबार दिउँसो पदाधिकारी बैठक बस्दैछ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको असार २७ गते बस्ने बैठकको कार्यसूचीमाथि छलफल गर्नका लागि पदाधिकारी बैठक बस्ने भएको हो ।मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठकमा केन्द्रीय कार्यसमिति बैठकको कार्यसूचीबारे छलफल हुने बताउँदै पार्टीका विभाग गठन र भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको परिमार्जित विधानका सन्दर्भमा कुराकानी हुने उल्लेख गर्नुभयो ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले पदाधिकारी बैठकमा मूलतः भ्रातृ संस्थाकै विषयमा छलफल हुने भए पनि अन्य समसामयिक एजेन्डाहरू पनि रहने बताउनुभयो । उहाँले विधान परिमार्जन र पारित गर्नका लागि पार्टीभित्र सहमति निर्माणका लागि छलफल हुने बताउनुभयो ।
सहमहामन्त्री जीवन परियारले पार्टीभित्रका फरक मतलाई नेतृत्वले सम्बोधन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्रीय कार्यसमितिको बैठकका सन्दर्भमा कुराकानी हुन्छ । साथै हामीले पार्टीलाई गतिशील बनाउन उठाएका विषयमा पनि केही सरसल्लाह हुने नै छ ।”
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाली कांग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्