Techie IT
शनिबार, वैशाख ६,२०८२

संसदमा ओली: इनफ इज इनफ, अब जनता सडकमा आइसके


काठमाडौँ। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले संसदमा डेढ घण्टा सम्बोधन गरेका छन् ।

ओलीले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई कुनै निश्चित घरानालाई फाइदा हुने गरी करको दर हेरफेर गरिएको तर्फ संकेत गर्दै इनफ इज इनफ भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन् ।

अध्यक्ष ओलीले बजेट निर्माणका क्रममा देशकै विरुद्ध भएको बताउँदै विचौलिया राखेर बजेट बनाउने पनि स्वीकार गर्ने हो भने नजिर बस्ने बताए । उनले भने, ‘त्यही स्थापित गरेर जाने हो भने यो देशको अर्थतन्त्र के होला ? त्यससम्बन्धमा तत्काल संसदीय छानबिन समिति गठन गरेर अगाडि जानुपर्‍यो ।’

त्यस्तै अर्थमन्त्रालयको सीसीटीभीको फुटेज १३ दिनमात्रै रहन्छ भन्ने स्पष्टिकरणका विषयमा पनि ओलीले कडा प्रश्न गरेका छन् । उनको प्रश्न छ, ‘फुटेज हटाउने को हो ? कसको आदेशमा ? किन ? कसले भनेको थियो १३ दिनमा डिलिट गर्न ?’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #प्रतिनिधिसभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545