Techie IT
शनिबार, वैशाख ६,२०८२

सत्ता गठबन्धन चुनावसम्म टिक्दैन: नेकपा एमाले


काठमाडौँ । नेकपा (एमाले)ले विद्यमान पाँच दलीय सत्ता गठबन्धन आगामी निर्वाचनसम्म नटिक्ने निष्कर्ष निकालेको छ ।

आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गठबन्धन चुनावसम्म नजाने बताएका हुन् ।

गठबन्धनमा रहेका दलहरुबीचको आपसी अविश्वासका कारण गठबन्धन कायम नहुने एमालेको विश्वास रहेको छ ।

‘गठबन्धनमा रहेका दलहरुमा एक अर्कापति अविश्वास छ, कांग्रेसले माओवादीलाई अपमानित ग¥यो भन्ने छ । पार्टीभित्र फरक मत र गुटहरु देखापरेको छ यो चिज हेरौं न कसरी जााँदो रहेछ’ उनले भने ।

जसपा विभाजनको संघारमा पुगेको र कुन दलसँग हात मिलाउँछ भन्ने टुंगो नभएको बताउँदै उपमहासचिव गुरुङले भने, ‘हामी हातखुट्टा बाँधेर बस्ने कुरा हुँदैन ।’

उनले अघि भने, ‘अहिलेको शक्ति संरचना भत्किने देखिन्छ, पार्टीहरुमा अन्तरविरोध सुरु भइसकेको छ । जे होस् गठबन्धन सग्लो रुपमा रहन्छ भन्ने विश्वास छैन ।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #आगामी निर्वाचन, #नेकपा एमाले, #सत्ता गठबन्धन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545