Techie IT
आईतबार, वैशाख ७,२०८२

शेखर कोइराला समूहले पार्टीमा विद्रोह गर्ने


काठमाडौँ। नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टीमा विद्रोह गर्ने रणनीति बनाएको छ ।

आगामी संसदीय निर्वाचनमा ४० प्रतिशत टिकट नपाए कोइराला पक्ष विद्रोह गर्ने तयारीमा पुगेको हो ।

पार्टीमा रचनात्मक विद्रोह गर्ने चेतावनीसहित कोइराला समूहले ४० प्रतिशत भावण्डा मागेको हो ।

पार्टीको १४ औँ महाधिवेशनमा शेखरले ४१ प्रतिशत मत ल्याएका थिए । यसअघि शेरबहादुर देउवाले पनि गिरीजाप्रसाद कोइराला सभापति हुँदा ४० प्रतिशतको भागवण्डा मागेका थिए । जुन सुशील कोइरालाको पालासम्म रहेको थियो ।

पछिल्लो समय भने सभापति देउवाले शेखर समूहलाई भूमिकाहीन बनाउनुका साथै सरकारमा पनि सहभागी गराएका छैनन् ।

यता कोइरला पक्षले भने ४० प्रतिशत भाग नपाए ठूलो विद्रोह गर्ने तयारीमा छ ।

देउवाको कार्यशैलीबाट रुष्ट बनेका कांग्रेस नेता कार्यकर्ताहरुबाट विभाजनको खतरा देखिन थालेको छ ।

त्यति मात्र होइन कोइराला समूहले देशभर उम्मेदवार उठाएर नेकपा एमालेसँग भित्री तालमेल गर्ने तयारीसम्म गरेको बताइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #शेखर कोइराला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545