Techie IT
शनिबार, वैशाख ६,२०८२

एमाले अध्यक्ष ओली र वामदेव गौतम बिच भेटबार्ता


काठमाडौं । अस्तिमात्रै नयाँ पार्टी घोषणा गर्नुभएका नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतम एमाले अध्यक्ष  केपी शर्मा ओलीलाई भेटन आज बालकोट पुग्नुभएको छ ।

भेटमा गौतमले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कम्युनिष्ट शक्तिहरूको तालमेलको प्रस्ताव गर्नुभएको हो । भेटमा भन्नुभयो, ‘आफू आफू चुनाव लड्ने हो भने कम्युनिष्टहरूको हार निश्चित छ, त्यसैले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मिलेर चुनाव लडौं ।’

गौतमले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल समेत निर्वाचनमा वामगठबन्धन गरेर जान तयार रहेको अध्यक्ष ओलीलाई सुनाउनुभएको थियो ।

भेटमा अध्यक्ष ओलीले वाम गठबन्धनमा आफू समेत सकरात्मक रहेको तर प्रचण्ड र नेपाल अझै सुध्रन आवश्यक रहेको जवाफ गौतमलाई दिनुभएको थियो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली, #बामदेव गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545