स्वदेशीकरण नगरिँदा गरिबी बढ्यो: कमल थापा

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आन्तरिक उत्पादनलाई वृद्धि गर्न स्वदेशीकरण नगरिँदा देशमा गरिबी बढ्दै गइरहेको बताउनु भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा आज राप्रपा नेपाल कर्णाली प्रदेशले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आन्तरिक उत्पादनलाई बढाउनुको साटो विदेशी वस्तुको आयातलाई प्रोत्साहन दिँदा परनिर्भरताले देशमा गरिबी बढेको जनाउनु भयो । उहाँले देशका ४० लाख बढी युवा शक्तिलाई वैदेशिक रोजगारीको जोखिमपूर्ण काम लगाउन बाध्य पारिएर आएको विप्रेषणले देशको अर्थतन्त्र धानिएको बताउनु भयो ।
बढ्दो गरिबिका कारणले निमुखा र विपन्नलाई सम्पन्न बनाउने नाममा ईसाइकरण गरिँदा नेपाल धर्म परिवर्तन गर्ने देशहरूमा पहिलो नम्बरमा रहेको उहाँले जिकिर गर्नु भयो । एक फरक प्रशंङ्गमा उहाँले लोकतन्त्रको आडमा केही सीमित राजनीतिक दलका व्यक्तिहरूले रजगज गर्दा विगत १६ वर्षदेखि देश परिवर्तनको आसमा बसेका आम नागरिकका अपेक्षाहरू पुरा हुन नसकेको जनाउनु भयो ।
फरक विचार र राष्ट्रनिमार्णको वैकल्पिक मार्गचित्र बोकेको राप्रपा नेपालले देशको धरातलीय यथार्थ र आवश्यकतालाई दृष्टिगत गर्दै देशको समसामयिक परिस्थिति र मुख्य चुनौतीहरूका बारेमा समाजका विभिन्न वर्ग, क्षेत्र र समुदायसँग विचारको आदानप्रदान गर्ने उद्देश्यले उक्त वृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकाले राप्रपा नेपालका केन्द्रीय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिनु भयो । उहाँले कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरूलाई पार्टीका अध्यक्षसहित अन्य वरिष्ठ नेताहरूले प्रशिक्षण समेत दिने कार्यक्रम रहेको बताउनु भयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #कमल थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्