म विरुद्ध पक्राउ पुर्जी जारी गरिनु प्रतिसोधको पराकाष्ठा: अध्यक्ष महर्जन

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले १२ हजार वृद्ध भत्ता हिनामिना गरेको भन्दै आफु विरुद्ध पक्राउ पुर्जी जारी गरिनु पार्टीगत प्रतिसोधको पराकाष्ठा रहेको बताउनुभएको छ ।
सो प्रकरणमा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको र सो विषय सामान्य मानवीय त्रुटी मात्र भएको बताउदै अध्यक्ष श्रेष्ठले चुनावमा आफु संग पराजित भएकाहरुले शक्ति र सत्ताको चरम दुरुपयोग गरि अपराधी बनाई पक्राउ जारी गरिएकोमा दुख समेत व्यक्त गर्नुभयो ।
अख्तियारले सफाइ दिएको र जिल्ला सरकारी वकिलको कार्यलयले खोल्नु नपर्ने भनि थन्काएको मुद्दामा पहिला वडा अध्यक्ष मोहन बिष्ट लगायत भनि सम्बोधन गरिएको भएपनि अहिले दिनेश महर्जन सहित भन्ने बनाएर पक्राउ पुर्जी जारी गर्नु केवल राजनीतिक प्रतिसोध बाहेक केहि नभएको बताउदै महर्जनले वडावासीको शिर निहुराउने काम कहिले पनि नगरेको र नगर्ने प्रतिवदत्ता व्यक्त गर्नुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #दिनेश महर्जन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्