एमालेद्धारा गण्डकी प्रदेश सरकारको राजीनामा माग

कास्की । नेकपा एमालेले गण्डकी प्रदेश सरकारको राजीनामा माग गरेको छ ।
एमालेको संसदीय दलले आज बुधबार पत्रकार सम्मेलन गरी सरकारको राजीनामा माग गरेको हो । वर्तमान सरकारले आगामी आर्थिक वर्षको बजेटमाथि निकास दिन नसकेको आरोप एमालेले लगाएको छ ।
दलका नेता तथा पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गठबन्धन दलबीचको विवादले बजेट छलफल रोक्न नमिल्ने बताउँदै नैतिकताको आधारमा सरकारले राजीनामा दिनुपर्ने बताए । नेता गुरूङले नीति तथा कार्यक्रम टेबुल गर्दा मन्त्री नै अनुपस्थित हुनुको कारण माग गर्दै सरकारले मार्ग प्रशस्त गर्नुपर्नेमा जोड दिएका छन् ।
दलहरू भित्रको विवाद मुख्यमन्त्रीको समस्या भएको बताउँदै उनले संसद रोक्न नहुने तर्क गरेका छन् । मुख्यमन्त्रीले अर्थमन्त्री हटाउन सक्नुपर्ने वा मुख्यमन्त्री स्वयम्ले राजीनामा दिनुपर्ने तर्क नेता गुरुङको छ ।
गण्डकी प्रदेशमा असार १ गते बजेट पेश गरेपछि अहिलेसम्म संसद् स्थगित छ । अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा नराखेपछि सरकारले नै बजेट छलफल रोकेको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #गण्डकी प्रदेश सरकार, #नेकपा एमाले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्