पूर्वप्रधानमन्त्री केपी ओली आफैँ रोपाईंमा सहभागी हुने

काठमाडौँ । राष्ट्रिय धान दिवसका अवसरमा नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आफैँ रोपाईंमा सहभागी हुने भएका छन् ।
एमाले भातृ संगठन अखिल नेपाल किसान महासंघले दिवसको अवसरमा वुधवार आयोजना गर्ने कार्यक्रममा अध्यक्ष ओलीले सहभागी भइ धान रोप्ने कार्यक्रम रहेको छ ।
कार्यक्रम वुधबार दिउँसो १२ बजे भक्तपुरको सिरुटारमा हुने किसान महासंघका अध्यक्ष डा. प्रेम दंगालले जनाएका छन् ।
कार्यक्रममा अध्यक्ष ओलीले मेसिनबाट धान रोप्नेछन् । ‘आम किसानको हौसला बृद्धि गर्न अध्यक्ष कमरेड रोपाई महोत्सवमा सहभागी भई मेसिनबाट धान रोप्नुहुनेछ,’ दंगालले भने ।
१९औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्वसको अवसरमा महासंघले भक्तपुरको सिरुटारमा ५ रोपनी जग्गामा रोपाई गर्ने भएको हो ।
महासंघले धानमा जैविक विविधताको उपयोग, आयात प्रतिष्थापनमा सहयोग भन्ने मूल नाराका साथ रोपाई महोत्सवको मनाउने भएको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #राष्ट्रिय धान दिवस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्