दुर्गमका बिरामीलाई उपचार गर्न शिविर सञ्चालन गर्छौँ : स्वास्थ्यमन्त्री

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज पदभार ग्रहण गर्नुभएको छ । यसअघि स्वास्थ्य राज्यमन्त्री रहनुभएका खापुङ आजै स्वास्थ्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
पदभार ग्रहण गर्दै उहाँले नेपाल सरकारले ग्लोबल फण्डका कार्यक्रम सञ्चालन गर्ने निर्णय गर्नुभएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले जानकारी दिनुभयो ।
स्वास्थ्यमन्त्री खापुङले जनतालाई गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउन पहलकदमी गर्ने बताउनुभयो । दुर्गम क्षेत्रमा उपचार नपाएकाका लागि लक्ष्य गरेर गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्ने उहाँको भनाइ रहेको थियो ।
उक्त निर्णय मन्त्रिपरिषद्मा पठाएपछि कार्यान्वयन हुने मन्त्रालयका प्रवक्ता डा. मिश्राले जानकारी दिनुभयो । उहाँले ग्लोबल फण्डको कार्यक्रम सन् २०२४ देखि सरकारको मातहतमा ल्याउने र त्यसका लागि सचिवालयसमेत स्थापना गर्ने बताउनुभयो ।
सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले पनि पदभार ग्रहण गर्नुभयो । राज्यमन्त्री केसी २०७४ सालको सङ्घीय निर्वाचनमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको थियो ।
सोही अवसरमा निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले नवनियुक्त मन्त्री खापुङ र राज्यमन्त्री केसीलाई स्वागत गर्नुभएको थियो । रासस
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #भवानीप्रसाद खापुङ, #स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्