सांसदहरूद्वारा राष्ट्रियसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गर्नुभयो ।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै सांसद जितेन्द्र नारायण देवले प्रमुख राजनीतिक दलहरुबीच सहमतिका आधारमा मात्रै नागरिकता विधेयक अगाडि बढाउन आग्रह गर्दै देशको अस्तित्व सङ्कटमा नपर्ने गरी नागरिकका सबै समस्या समाधान गर्न दलहरूसँग आग्रह गर्नुभयो ।
सांसद रामचन्द्र राईले सरकारले जनताप्रतिको उत्तरदायित्वबाट भाग्न नहुने भन्दै नेपालका घरेलु उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
सांसदहरू सुरेश कुमार आले मगर, विना पोखरेल लगायतले मनसुनजन्य प्रकोपबाट हुने धनजनको क्षति न्यूनीकरणका लागि विशेष ध्यान दिन सरकारको ध्यानाकर्षण गराउँदै खेती गर्ने समयमा सडकमा आएर आन्दोलन गर्नुपर्ने किसानको बाध्यतालाई तत्काल सम्बोधन गर्न माग गर्नुभयो ।
सांसद राजेन्द्र लक्ष्मी गैरे, विमला राई पौडेल लगायतले विवाहको उमेर २० वर्षबाट घटाउन नहुने भन्दै महिला आन्दोलनबाट प्राप्त गरेको उपलब्धि रक्षा गर्नुपर्ने बताउनुभयो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #राष्ट्रियसभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्