Techie IT
बुधबार, वैशाख १०,२०८२

निश्चित पेशा व्यावसायमा चर्चित हुनु राजनीतिका लागि स्वत योग्य हुनु होइन: नेता पोखरेल


काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले टेलिभिजन प्रस्तोता रवि लामिछाने राजनीतिमा आएको विषयमा आफ्नो धारणा राखेका छन् ।

महासचिव पोखरेलले कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिका लागि योग्न नहुने टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत् राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने निष्कर्ष प्रस्तुत गरेका छन् । पोखरेलले लामिछाने प्रति लक्षित गर्दै लेखेका छन्, ‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन ।’

पोखरेलले राजनीतिमा सफल हुन त्यसैमा त्याग र समर्पण आवश्यक रहेको स्पष्ट पारेका छन् ।

मंगलबार रविले नयाँ राजनीतिक दलको घोषणा गरेका थिए । उनले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी नाम राखेका छन् । तर स्वतन्त्र दलको दर्ताका लागि दिइएको निवेदन खारेजीको माग गर्दै वुधबार निर्वाचन आयोगमा उजुरी परेको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #शंकर पोखरेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:29 am6:34 pm +0545