Techie IT
शनिबार, वैशाख ६,२०८२

देउवा सरकार आफ्नै कारणले ढल्दैछ: महेश बस्नेत


काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान सरकार र गठबन्धन आफ्नै कारणले ढल्ने दाबी गरेका छन् ।

बस्नेतले अहिले आफूहरु सरकार परिवर्तन गर्ने र पाँचदलीय गठबन्धन भत्काउने खेलमा नलागेको स्पष्ट पार्दै सो कुरा बताएका हुन् । हिजो मंगलबार राजधानीमा आयोजित एक साक्षातकार कार्यक्रममा उनले वर्तमान सरकारको एक वर्ष पुग्न लागेको उल्लेख गर्दै यो एक वर्षमा सरकारले कुनै राम्रो काम गर्न नसकेको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘सरकारको बारेमा गम्भीर समीक्षा गर्न जरुरी छ । यो सरकार जनमतको कारण जन्मिएको होइन, यो परमादेशबाट जन्मिएको सरकार भएकाले यसबाट हामीलाई कुनै आशा र अपेक्षा थिएन । तर, जनतामा यो सरकारले केही गर्ला कि भन्ने भ्रम थियो । यो सरकार आएपछि पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढेको छ । यति धेरै बेथिति र भद्रगोल छ । मूल्यवृद्धि नेपालको इतिहासमा अहिले धेरै भएको छ । निर्माणको क्षेत्रमा पनि २५ प्रतिशतको दरले मूल्य बढेको छ । सरकारले घोषणा गरेका राहतका कार्यक्रम पनि सान्दर्भिक छैनन् । इण्डक्सन चुलोको कुरा गर्दा पनि यो खर्चिलो छ ।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #महेश बस्नेत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545