Techie IT
शनिबार, वैशाख ६,२०८२

रवि लामिछाने आज नयाँ राजनीतिक दलको घोषणा गर्ने


काठमाडौं । सञ्चारकर्मी रवि लामिछानेले आज नयाँ राजनीतिक दलको घोषणा गर्ने भएका छन् । राष्ट्रिय सभागृहमा दिउँसो १ बजे उनको दलको औपचारिक घोषणा हुने भएको छ ।

ग्यालेक्सी टेलिभिजनबाट राजीनामा दिएका लामिछानेले आगामी प्रतिनिधिसभाको चुनावमा काठमाडौंबाट उम्मेदवारी दिन चाहेका छन् । तर, स्वतन्त्र लड्ने वा कुनै पार्टीबाट भन्ने अहिलेसम्म खुलाएका छैनन् । पार्टी प्रवेश गर्ने वा स्वतन्त्र लड्नेभन्दा आफैँले पार्टी निर्माण गर्ने निधोमा लामिछाने पुगेका हुन् ।

संघीय चुनावमा समानुपातिकतर्फ आफ्नो पार्टीले राम्रो नतिजा ल्याउने अपेक्षासहित उनले यो निर्णय लिएको बुझिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #रवि लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545