Techie IT
आईतबार, वैशाख ७,२०८२

नागरिकता विधेयकमा सहमति जुटाउन गृहमन्त्री बालकोटमा


काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बालकोट पुग्नुभएको छ ।

नागरिकता विधेयक द्रुत गतिमा अघि बढाउने सहमतिका लागि कानुनमन्त्रीसहित गृहमन्त्री खाँण केहीबेर अघि बालकोट पुग्नुभएको हो ।

उहाँले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितका नेताहरूसँग पनि नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल गर्नुभएको थियो । सरकारले बजेट पारित भएलगत्तै नागरिकता विधेयक संसद्मा लगेर छिटो टुंग्याउने योजना बनाएको छ ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नागरिकता विधेयक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545