Techie IT
शनिबार, वैशाख ६,२०८२

२० बुँदे संकल्पपत्र जारी गर्दै एमाले जनप्रतिनिधिको भेला समापन


काठमाडौं । नेकपा एमालेका जनप्रतिनिधिहरुले २० बुँदे संकल्प पत्र जारी गर्दै दुई दिने भेलाको समापन गरेका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नियुक्ति, सरुवा–बढुवा र सेवा प्रवाहमा निष्पक्षता र योग्यतालाई आधार बनाउने संकल्प गरेका छन् । काठमाडौंमा भएको दुई दिने भेलाबाट जारी काठमाडौं संकल्पपत्रमा परिवार, आफन्तजन र स्वार्थ जोडिएका व्यक्तिको पक्षपोषण नगर्ने उल्लेख छ ।

‘आफूले कुनै भ्रष्टाचार गर्नेछैनौं र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छौं ।’ २० बुँदे संकल्पपत्रमा भनिएको छ ।
एमाले जनप्रतिनिधिले आफूहरुले नेतृत्व गरेको पालिकाहरु सुशासनका नमूना बनाउने पनि प्रतिवद्धता जनाएका छन् ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545