Techie IT
बुधबार, वैशाख १०,२०८२

जिसस पाल्पाको प्रमुख सहितका सबै पदमा एमालेका उम्मेदवार विजयी


पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको प्रमुख सहितका सबै पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

नेकपा एमालेको तर्फबाट टङ्क खनाल जिल्ला समन्वय समितिको प्रमुखमा विजयी हुनुभएको छ ।

यस्तै, उपप्रमुखमा एमालेकी काशिका गैरे निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै, सदस्यहरूमा बसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित हुनुभएको छ ।

१० स्थानीय तह रहेको पाल्पा शुक्रवार समन्वय समितिका लागि निर्वाचन भएको थियो ।

समन्वय समितिको प्रमुखमा निर्वाचित खनालले ११ मत ल्याउनुभएको छ । खनालका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका यमलाल तिमिल्सिनाले ९ मत मात्र ल्याउनुभएको थियो ।

यस्तै, एमालेको तर्फबाट उपप्रमुखमा निर्वाचित गैरेले ११ र निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका कृष्ण भुसालले ९ मत मात्र ल्याउनुभएको मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिनुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #जिल्ला समन्वय समिति पाल्पा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Fair
5:29 am6:34 pm +0545