Techie IT
शनिबार, वैशाख ६,२०८२

व्यापारिका प्रतिनिधि राखेर सेटिङमा बजेट बनाइयो : केपी शर्मा ओली


काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको बताउनुभएको छ ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले मन्त्रिपरिषद र मन्त्रीहरुले समेत थाहा नपाई करका दर र अंक संसदमा मात्र सार्वजनिक गर्नुपर्नेमा बजेट बनाउँदै गर्दा व्यापारीका प्रतिनिधिलाई राखेर बनाइएको बताउनुभयो ।

‘यहाँ त बनाउँदै गर्दा व्यापारीका प्रतिनिधि राखेर, बनाउन भन्दा अघि कमिसन खाएर बजेट बनाइन्छ भने के हालत होला देशको ?’ उहाँले भन्नुभयो ।


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545