भूराजनीतिक द्वन्द्वमा नेपाललाई धकेल्ने प्रयास स्वीकार्य छैन : सांसद ज्ञवाली

काठमाडौं नेकपा एमालेले अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) सम्झौतालाई लिएर मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने नगर्न चेतावनी दिएको छ ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा पूर्वपरराष्ट्रमन्त्री तथा एमालेका सांसद प्रदीप ज्ञवालीले एसपीपीबारे सरकारलाई संसद्मा जवाफ दिन माग गर्नुभयो । एसपीपी सम्झौताको मस्यौदाले मुलुकलाई चिन्तामा पारेको उहाँको भनाई थियो । उहाँले एसपीपी सम्झौताले मुलुकलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने र त्यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने बताउनुभयो ।
नेपाल सैन्य गठबन्धनमा जोडिँदा नेपालको परराष्ट्रनीति उल्लंघन हुने ज्ञवालीको भनाइ थियो । प्रस्ताव भनेर सार्वजनिक भएका विषय गम्भीर रहेको उहाँले बताउनुभयो । नेपाल संयुक्त राष्ट्रसंघको आह्वानमा संसारका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापनाका लागि मात्रै नेपाली सेना जाने गरेको तर सरकारले अहिले आएर सैन्य गठबन्धनमा जोड्न खोजेको उहाँको भनाई छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #प्रदीप ज्ञवाली
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्