Techie IT
बुधबार, वैशाख १०,२०८२

जिसस दोलखाको प्रमुखमा माओवादी र उपप्रमुखमा एकीकृत समाजवादी विजयी


दोलखा । जिल्ला समन्वय समिति दोलखामा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का बर्जूराम घतानी र उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का दोर्जी शेर्पा विजयी हुनुभएको हो ।

कूल १८ मतमा गठबन्धनका प्रमुख र उपप्रमुखले ११ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार ऋषिकेस उप्रेती र उपप्रमुखका उम्मेदवार गोमा केसीले ७–७ मत प्राप्त गर्नुभयो । सदस्यहरूमा कृष्ण श्रेष्ठ, कल्पना थामी, अनिल तामाङ, निलम ठकुरी, मेनुका चौलागाईं, सन्तेन्जु शेर्पा र टसि शेर्पा निर्वाचित हुनुभएको छ । रासस


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जिल्ला समन्वय समिति दोलखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
31°
Fair
5:29 am6:34 pm +0545