मोरङ जिल्ला समन्वय समितिमा एमालेको प्यानल नै विजयी

मोरङ। जिल्ला समन्वय समिति मोरङमा एमालेको प्यानल नै निर्वाचित भएको छ ।
जिसस प्रमुखमा एमालेका अजम्बर राई, उपप्रमुखमा एमालेकै उषा झा विजयी भएका हुन् ।
दुवै जनाले २१/२१ मत ल्याएका छन् । प्रमुख पदका उम्मेदवार नेपाली काँग्रेसका जितेन्द्र अग्रवालले १३ र उपप्रमुखमा कांग्रेसकै निलम कुमारी सरदारले १३ मत ल्याएका छन् ।
एमालेको जम्मा २१ मत रहेको छ । त्यस्तै, महिला सदस्यमा एमालेकै उमा नेपाली, उर्बसी कुमारी थगारु, हरिमाया विश्वकर्मा विजयी भएका छन् । नेपालीले भने २३ मत पाउँदा थारु र विश्वकर्माले २१/२१ मत ल्याएका छन् ।
त्यस्तै, अन्य सदस्यमा पनि एमालेका तुलसी प्रसाद घिमिरेले २२, देवमणि कटुवाल २१, मित्रप्रसाद ढकालले २२ मत ल्याएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #जिल्ला समन्वय समिति मोरङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्