तरुण दलका अध्यक्ष विद्वान गुरुङद्वारा सवै जिल्ला कार्यसमितिलाई परिपत्र

काठमाडौँ । नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको उद्धार तथा राहतमा संगठित रुपले जुट्न सवै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरु निम्तिन थालेको भन्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिलाई ३ बुँदे परिपत्र गरेका हुन् ।
प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकहरुको तत्काल उद्धार, सहयोग र व्यवस्थापनका लागि जिल्लाका सवै क्षेत्र, पालिका र वडा तहहरुमा विपद व्यवस्थापन तरुण परिचालन समिति गठन गर्ने र गराउन उनको निर्देशन छ । सम्बन्धित वडा, पालिका र सुरक्षा निकायसँग समन्वय गरी प्राकृतिक प्रकोपबाट विपत्तिमा परेकाहरुको तत्काल उद्धार र व्यवस्थापनमा लाग्न परिपत्रमा उल्लेख छ ।
प्राकृतिक विपत्तिमा परेका मानिसहरुको उद्धार व्यवस्थापन र राहत संकलन तथा वितरण गर्दा तरुण दलको सांगठनिक मर्यादालाई ध्यानमा राख्न पनि जिल्ला समितिलाई भनिएको छ । तरुण दलद्वारा त्यस जिल्लामा गरिएका विपद व्यवस्थापन र उद्धारका कार्यहरुको दलको केन्द्रीय कार्यालयलाई नियमित जानकारी गराउन उनको निर्देशन छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेपाल तरुण दल, #विद्वान गुरुङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्