Techie IT
शनिबार, वैशाख ६,२०८२

संखुवासभामा गठबन्धन उपलव्धीमूलक


संखुवासभा – बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा भएको गठबन्धन उपलव्धीमूलक भएको कांग्रेस संखुवासभाले जनाएको छ । बिहीबार कांग्रेस प्रवक्ता दीपेन्द्र बान्तवाले जारी गरेको प्रेस विज्ञप्तीमा माओबादी केन्द्र र एकिकृत समाजबादीसंग गरिएको गठबन्धन उपलव्धीमूलक भएको उल्लेख गरिएको छ । स्थानीय तह निर्वाचनमा कांग्रेसले ६ वटा पालिकामा प्रमुखमा जित हासिल गरेको छ । खाँदबारी र पाँचखपनमा प्रमुख पदमा जित हासिल गरेको छ । त्यस्तै, मकालु, सभापोखरी, चिचिला र सिलिचो·मा पनि अध्यक्षमा जित हासिल गरेको छ । २०७४ मा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसले ५ वटा स्थानीय तहमा प्रमुखमा जित हासिल गरेको थियो । त्यस्तै, कांग्रेसले चिचिला, सिलिचो· गाउँपालिकामा उपाध्यक्ष र धर्मदेबी नगरपालिकामा उपप्रमुखमा जितेको छ ।

बिज्ञप्तीमा भनिएको छ, ५ पालिकाको कार्यपालिकामा बहुमत सदस्य छन् । यस अघि सून्य रहेको जिल्ला समन्वय समितिमा उपप्रमुख सहित ४ जना सदस्य पनि यो पटक कांग्रेसको रहेको उल्लेख गरिएको छ । एउटा वडा जितेको चैनपुर नगरपालिकामा यस पटक ४ वटा वडामा भएको जितलाई पनि कांग्रेसले उपलव्धीको रुपमा लिएको विज्ञप्तीमा जनाईएको छ । २५ बर्षसम्म एमालेको बर्चश्व रहेको खाँदबारी नगरपालिकाको प्रमुख पदमा पनि कांग्रेस विजयी हुनुलाई उपलव्धी मानिएको छ । भोटखोला गाउँपालिका र मादी नगरपालिकामा भने सुधार गर्नु पर्ने देखिएको विज्ञप्तीमा भनिएको छ ।

पार्टी सुढृडीकरण र अनुशासन कायम गराउन विशेष जोड दिइएको छ, विज्ञप्तीमा भनिएको छ, जुनसुकै बहाना र कारण देखाएर पार्टीको हित विपरीत गरिएको पाईए जो सुकैलाई पनि कार्वाहीको दायारामा ल्याउन कार्यसमिति .प्रतिवद्ध छ । अनुशासनहीन र पार्टीलाई नोक्सान पुग्ने गतिबिधि गर्नेलाई छुट हुने छैन । विज्ञप्तीमा स्थानीय तह निर्वाचानका क्रममा पार्टीको निणर्य बिरुद्ध स्वतन्त्र उमेद्वारी दिएका र उमेदवारका प्रस्तावक र समर्थक बनेकालाई केन्द्रिय कार्यसमितिको निणर्य अनुसार कार्वाही गरिएको पनि उल्लेख गरिएको छ ।


क्याटेगोरी : राजनीति, विशेष, समाचार, स्थानीय
ट्याग : #५ दलीय गठबन्धन, #hot, #नेपाली कांग्रेस, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545