Techie IT
आईतबार, वैशाख ७,२०८२

मूल्यवृद्धिको छानबिनका लागि संसदीय समिति बनाउन एमालेको माग


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको छानविन गर्न संसदीय समिति बनाउन माग गरेको छ ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मूल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका हुन् ।

समितिले भएको मूल्यवृद्धि नियन्त्रण गर्ने तथा अब बढ्न नदिन सुझाव दिने भट्टराईले बताए ।

त्यस्तै, उनले कमिशनको सेटिङमा पेट्रोलियम पद्धार्थको आयात गर्न नीजि क्षेत्रलाई दिइन लागेकोमा पनि सरकारसँग जवाफ मागेका छन् ।

उनले भने, ‘आयल निगमले गरेको पेट्रोलियम पद्धार्थको आयातको कामलाई नीजि क्षेत्रलाई दिने काम असाध्यै ठूलो कमिसनको सेटिङमा आधारित छ भनेर मान्छेहरुले व्यापक रुपमा बजारमा भनिरहेका छन् । यसको जवाफ के छ ?’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #विशाल भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:32 am6:32 pm +0545