बाम एकताका लागि वार्ता र छलफल भएकै छैन: वेदुराम भुसाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले पछिल्लो समय बाम एकताका लागि वार्ता र छलफल भएको भन्ने कुरा हावादारी भएको बताएका छन् ।
तत्काललाई बाम एकता असम्भव रहेको बताउँदै उनले एमालेसँग त कुनै हालतमा सहकार्य र एकता नहुने स्पष्ट पारेका छन् । आ बुधबार बिहान एक रेडियो अन्तर्वार्ताका क्रममा भुसालले भने, ‘हामीले नेकपा एमालेसँग वार्ता, छलफल गरेको भन्ने हावादारी कुरा हो ।’
संसद् चलिरहेको बेला कोही नेता सँगै बसेको वा चिया खाने अवस्था बन्यो होला तर, बाम एकता वा एमालेसँग नेकपा एसको सहकार्यबारे कुनै वार्ता तथा छलफल नभएको जिकिर गर्दै उनले भने, ‘एमाले त वामपन्थी नै होइन । दक्षिणपन्थी, विर्सजनवादी र लोकतन्त्रलाई समाप्त गर्ने पार्टी हो । अब को वामसँग तालमेल गर्ने ? एमालेसँगै जाने कुरा बिलकुल गलत हो । अहिले वामपन्थी गठबन्धन हुँदै हुँदैन ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नेकपा एकीकृत समाजवादी, #वेदुराम भुसाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्