Techie IT
मंगलबार, वैशाख ९,२०८२

चुनाव जित्नेमा कुनै शंका छैन : विकास डंगोल


काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा काठमाडौं महानगर– १२ मा नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार विकास डंगोलले चुनाव जित्नेमा कुनै शंका नरहेको बताएका छन् ।

विगत २०७४ सालको निर्वाचनमा पनि सजिलै उक्त वडामा चुनाव जितेर धेरै विकास निर्माण सम्पन्न गरेकाले अहिले पनि जनताले भारी मत दिएर निर्धक्क चुनाव जित्नमा शंका नरहेको उनले दाबी गरे ।

साथै, उम्मेदवार डंगोलले चुनाव जितेर स्थानीय जनताका थप सपना पूरा गर्ने बताए । सरकारले यही बैशाख ३० गते स्थानीय निर्वाचनको मिति तय गरेको छ ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:30 am6:33 pm +0545