Techie IT
मंगलबार, वैशाख ९,२०८२

गठबन्धनमा स्वार्थ देखियो : बाबुराम भट्टराई


काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद्‍ अध्यक्ष डा. बाबुराम भट्टराईले पाँच दलीय गठबन्धनका केही नेताहरूको स्वार्थको माध्यम बन्दै गएको देखिनु दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच विभिन्‍न पालिकामा तालमेल भएको छ । तर, चुनाव नजिकिँदै जाँदा भट्टराईले संसयपूर्ण अभिव्यक्ति दिएका हुन् ।

‘सबैले बुझौं स्थानीय निर्वाचनका मुद्दा फरक हुन्छन् र स्थानीय नेता–कार्यकर्ता त्यसवारे बढी जानकार हुन्छन् ! लोकतन्त्र बलियो पार्ने हो भने केन्द्रीय हस्तक्षेप रोकौं र गैरदलीय चुनाव गरौँ १ कुनै आकाश खस्दैन’, उनले ट्वीट गरेका छन् ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:29 am6:34 pm +0545