Techie IT
आईतबार, वैशाख ७,२०८२

अघिल्लो कार्यकालमा मैले गरेका राम्रा कामको आधारमा फेरि पार्टीले टिकट दियो : घिमिरे


काठमाडौं । यही बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि तारकेश्वर नगरपालिका– ८ मा वडाध्यक्षको लागि नेकपा एमालेबाट मनोज घिमिरेले उम्मेदवारी दिएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि त्यहाँ वडाध्यक्षमा निर्वाचित भएर पाँच वर्ष सोही स्थानमा नेतृत्व गरेका घिमिरेले फेरि वडाध्यक्षको टिकट पाएका हुन् ।

उनले आफूले विगत पाँच वर्षमा त्यस वडामा गरेका धेरै विकास निर्माण र जनताको चाहना अनुसार काम गरेकाले फेरि आफूलाई नै पार्टीले टिकट दिएको बताए ।

उम्मेदवार घिमिरेले उक्त वडामा अघिल्लो कार्यकालमा ९० प्रतिशत विकासका काम पूरा भइसकेको र बाँकी १० प्रतिशत विकास निर्माण आफूले अबको चुनावमा जितेर पूरा गर्ने प्रतिबद्धता जनाए ।

कोरोनाका कारण पूर्वाधार विकासअन्तर्गत सडक विस्तार र खानेपानीलगायतका काम केही बाँकी रहेकाले अब फेरि चुनाव जितेर पूरा गर्ने उनले बताए । जनताले पनि फेरि उक्त वडामा आफ्नै नेतृत्वको माग गरेको घिमिरेले जिकिर गरे ।


क्याटेगोरी : राजनीति, स्वास्थ्य
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545