कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्न आज पनि मौका

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ ।
पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको हो ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार त्यस्ता उम्मेदवारसहित प्रस्तावक र समर्थकलाई पनि सार्वजनिक रुपमा विज्ञप्ति निकालेर उम्मेदवारी फिर्ता लिएको जानकारी गराउँदै आधिकारीक उम्मेदवारको पक्षमा लागेमा कारबाही हुने छैन । यद्यपि कानूनी रुपमा भने अब उम्मेदवारी फिर्ता लिन मिल्दैन् ।
भरतपुर महानगरपालिका, पोखरा महानगरपालिकासहित कतिपय स्थानीय तहमा कांग्रेसका असन्तुष्ट उम्मेदवारले अझै आफ्नो उम्मेदवारी फिर्ता लिएका छैनन् ।
‘वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गरी पार्टीका आधिकारीक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धता सहित सक्रिय रहने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक उपर पार्टी विधान बमोजिम हुने कारबाहीमा पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याइ पुनर्विचार गर्न सक्ने सम्बन्धित सबैलाई निर्देशनाअनुसार जानकारी गराइन्छ’, १९ वैशाखमा जारी विज्ञप्तिमा भनिएको थियो ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्