खाँदबारीको मेयरमा कांग्रेसका थपलियाको थप लोकप्रियता
नेपाली कांग्रेस संखुवासभाका बौद्धिक नेता महेश थपलिया जिल्लामा मात्र हैन केन्द्रमा समेत लोकप्रिय मानिन्छन् । संखुवासभाको खाँदबारी नगरपालिकाबाट गठबन्धनका तर्फबाट सर्वसम्मत उम्मेदवार भए पछि थपलियाको लोकप्रियता झनै बढ्दै गएको छ । सालिन स्वभावका कारण पनि खाँदबारीबासीबीच उनी लोकप्रिय छन् ।
सामाजिक स्वभावका थपलियाको पार्टीभित्र मात्र हैन, जिल्लाबासीबीच पनि उन्को त्याग र समर्पण छ । त्यसकारण पनि उन्ले यस पटक नगरपालिकाबासीको अत्याधिक मत पाएर जित्ने आंकलन गरीएको छ । बिद्यार्थीजीवन देखि नै राजनीतिमा होमिएका थपलियाका समकालिन साथिहरु पटकौ पटक मन्त्री भई सकेकाछन् । र पनि उन्ले आफूलाई कहिल्यै निराश बनाएनन् । राजनीतिमा त्यागको भावना लिएर लागि रहे । खाँदवारीबासीको चाहनाकै कारण र पार्टीले उन्ले देखाएको त्यागको भावनाको मूल्यांकन गर्दे खाँदबारी नगरपालिकाको मेयरमा उठाएपछि उन्को जित त पक्का भएको छ नै संगै खाँदबारीबासीको पनि जित हुने देखिएको छ ।
खाँदबारी नगरपालिका–८ का थपलिया पढेलेखेको र बौद्धिक नेता त हुन नै जिल्लाको बिकासमा केन्द्रमा पहुँच पु¥याउन सक्ने जिल्लाका नेता हुन् । उन्को उम्मेदवारीले यस पटक खाँदबारीबासीलाई उत्साहित पनि बनाएको छ । सुन्दर नगरपालिकाको स–चित्र योजना बनाएका उन्ले खाँदबारीलाई व्यवस्थित शहर बनाउने योजना बुनेकाछन् । सुशासनसंगै सुन्दर खाँदबारी नगरको परिकल्पना र स्वास्थ्य, शिक्षा, खानेपानी, बिजुलीलाई सर्वसुलभ बनाउने उन्को पहिलो योजना छ । पाँचबर्ष भित्रमा खाँदबारी नगरपालिकालाई देशकै नमुना नगरपालिका बनाउने र पर्यटकीय आकर्षणको केन्द्र बनाउने उन्को योजना पनि छ ।
बन, जंगल, जडिबुटीको संरक्षणसंगै सहुलियतपूर्ण कृषिमुखि कार्यक्रम ल्याउने उन्को सोंच छ । खाँदबारी नगरपालिकालाई हराभरा नगर बनाउने, नगरपालिका भित्रका जैबिक बिबिधताको संरक्षण गर्ने, मठमन्दिर र धार्मिक तिर्थस्थलको संरक्षणमा जोड दिने उनको भनाई छ । उन्ले रोजगारीको सृजना गरी नगरभित्रका युवालाई कृषि, पर्यटन, उद्योग, शिक्षा र बिभिन्न क्षेत्रमा रोजगारी दिन सकीने योजना पनि अघि सारेकाछन् । थपलियाले यस पटक राजीनिति भन्दा माथि उठेर पनि आफूलाई एमाले र अन्य पार्टीसंग आवद्ध युवाहरुलेसमेत सघाउने अपेक्षा राखेकाछन् । समृद्ध शहर खाँदबारी देशकै नमुना नगर उन्को दृष्टिकोणले सफलता पाउने आंकलन गरीएको छ ।
क्याटेगोरी :
राजनीति,
समाचार,
स्थानीय
ट्याग : #खाँदबारी नगरपालिका, #महेश थपलिया, #संखुवासभा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्