सबै उमेर समूहका जनाता एमालेमा आकर्षित छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सबै उमेर समूहका जनता एमालेमा आकर्षित भइरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा आयोजित पार्टी कार्यालय स्थानान्तरण तथा ‘कम्युनिष्ट योद्धा सम्मान’ कार्यक्रममा उनले ज्येष्ठ नागरिक, युवा, किशोरकिशोरी र बालबालिका सबै एमालेप्रति आकर्षित भइरहेको बताए ।
देशभरमा नै पार्टी प्रवेशको लहर नै चलेको उनको भनाइ छ । उनेले भने, ‘ज्येष्ठ नागरिकको आर्शिवाद एमालेसँग छ भने युवाको आशा र भरोसा छ ।’ देश र विदेशमा रहेका नेपालीको मनमा एमाले रहनु नै सफलता भएको पूर्वप्रधानमन्त्री ओलीले बताए । सरकारमा रहँदा गरेका कामभन्दा पनि सबैको मनमनमा एमाले छाउनु ठूलो सफलता भएको उनको भनाइ छ ।
सरकारमा पुग्नुभन्दा पनि सबै नेपालीको मुहारमा खुसी फैलाउनु एमालेको उद्देश्य भएको अध्यक्ष ओलीले बताए । उनका अनुसार पार्टीले कुनै पनि नेपालीको अनुहारमा गरिबीको धर्सा नदेखिने गरी आफ्ना पार्टीको उद्देश्य बनाएको छ । उनले भने, ‘पार्टीले अभाव हटेर सुखी र खुसी जनता देख्न चाहेको छ ।’
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सबै स्थानीय तहले आर्थिक विकास र उत्पादनमा जोड दिएर अघि बढ्नुपर्नेमा जोड दिए । पार्टीले बामपन्थी आन्दोलनमा योगदान पुर्याएका १७ जना योद्धालाई सम्मान गरेको छ ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्