एउटै व्यक्ति महतलाई हेटौंडामा कति पटक अवसर दिन्छ एमालेले

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महत नेकपा एमालेका भाग्यमानी मान्छेमध्ये नै पर्छन् । उनी फेरि पनि मेयर हुने दाउमा छन् तर उनको अहिलेको नेतृत्व कमजोर भएकाले उनी फेरि पनि उम्मेदवार भए आफूहरुलाई जित्न गाह्रो पर्ने एमालेका नेताहरुले नै बताउँदै आएका छन् ।
पार्टीको उपमहानगर समितिले महतसहित २०७० को संविधानसभामा मकवानपुर ३ बाट जितेका एमाले सभासद् अनन्त पौडेलको नाम केन्द्रमा पठाएको छ । अनन्त राजनीतिमा पुराना मान्छे हुन् ।
पार्टीको विभिन्न जिम्मेवारीमा रहेर आफ्नो भूमिका निर्वाह गरेका उनी एक पटक मेयर बन्ने अवसर पाए केही गरेर देखाउने बताउछन् । पौडेलको राजनीतिक इमानदारिता र सांगठनिक कुशलताको अरु पार्टीकाले पनि खुलेरै प्रशंसा गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन विभागका सदस्य उनी संविधानसभा सदस्य परिषद्का संयोजक पनि हुन् । तीन पटक जिल्लाको पार्टी प्रमुख, दुई पटक अञ्चल प्रमुख भएका उनले २०४६ र २०६२÷६३ सालको आन्दोलनमा अग्रणी भूमिकामा रहेर आन्दोलनको नेतृत्व गरेको इतिहास अझै पनि मकवानपुरवासीले सम्झिइरहेका छन् । उनी २०४३ सालमा नै पार्टीका नगर सचिव भएका थिए ।
२०५१ सालमा सुकुम्वासी आयोगको जिल्ला अध्यक्ष हुँदा उनले भूमिहीन र अव्यवस्थित वसोवासीहरुको लागि उल्लेखनीय योगदान गरेका थिए । उनले ३२ सयलाई लालपुर्जा दिएको जनाएका छन् । राजनीतिसँगै सामाजिक र विकासका गतिविधिमा सक्रिय उनको मेयरमा उम्मेदवारी परेपछि स्थानीय पनि खुशी भएका छन् । ‘मैले राजनीतिलाई कहिल्यै पनि गलत रुपमा प्रयोग गरेको छैन, त्यही इमानदारिताले आज मैले कसैसँग झुक्नु परेको छैन’ उनले भने ‘उपमहानगरपालिका र उपमहानगरवासीको लागि के के गर्नुपर्छ भन्ने मसँग प्रष्ट दृष्टिकोण छ ।’ उनले हेटौंडा हरेक प्रकारका सम्भावना भएको ठाउँ भएकाले त्यसलाई आफूले चिनेको बताए । उनी संविधानसभामा उपमहानगरपालिका भएको क्षेत्रबाट नै निर्वाचित भएका थिए । उनको उम्मेदवारी पर्ने भएपछि स्थानीयले पनि पौडेलले पार्टीप्रति गरेको लगानी र निष्ठाको सम्मान भएको भन्दै आएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षसमेत रहेका उनले समाज र जनताका लागि सधैं समय खर्च गर्दै आएका छन् । उनी मेयरमा बलियो दाबेदारको रुपमा छन् । हेटौंडाको मेयरमा सत्ता गठबन्धनले नेकपा ९एकीकृत समाजवादी० लाई दिने निर्णय बुधबार गरेको छ । पौडेल हेटौडा एमालेको गढ भएको बताउँछन् । ‘हेटौंडा मात्र होइन मकवानपुरमा नै एमाले बनाउने कुरामा मेरो मुख्य योगदान छ’ उनी भन्छन् ‘ म एमालेको मान्छे हुँ तर पनि राजनीतिक आस्थाका आधारमा कहिल्यै कसैलाई विभेद गरेको छैन र गर्दिन पनि ।’ उनी उम्मेदवार भइरहँदा उनले ‘न्यूट्रल’ मत पनि आफूले प्रशस्तै पाउने दाबी गरेका छन् ।
स्थानीय एमालेहरुको भावनाविपरीत अहिलेका मेयरले काम गरेकाले एक पंक्ति मेयर महतको विपक्षमा रहेको स्थानीयको भनाई छ । ‘अहिलेका मेयरले पार्टीलाई बेवास्ता गर्नुभयो, सेटिङमा अरु पार्टीको मात्र काम गर्नुभयो’ एक स्थानीय भन्छन् ‘ मेयर त एमालेले नै बनाएको छ, त्यो कुरा नसम्झिनु उहाँको लागि अहिले खतरा भएको छ ।’ एमालेका नेता विरोध खतिवडा, मनु सिग्देलको विपक्षमा पार्टीको जिल्ला कमिटी भएकाले महतको त्यतिबेला भाग्य चम्किएको विश्लेषण गरिएको छ । महत २०४४ सालमा वडाध्यक्ष भए । २०४९ र २०५४ सालमा हेटौंडाको उपमेयर भए । एउटै व्यक्तिलाई कति पटक पद दिने भनेर पार्टी पंक्तिबाट पनि एकातिर उनको विरोध भएको छ भनें अर्कातिर उनको अहिलेको कार्यकाल पार्टी र जनताको लागि उपलब्धीमूलक नभएकाले पनि महतप्रति पार्टी र जनताको आकर्षण पूरै घटेको जनाइएको छ ।
पौडेल आफूले मेयरको टिकट पाउने विश्वास गर्छन् । ‘म मेयर हुनु भनेको नगरवासीको हित हुनु हो त्यसकै लागि एक पटक अवसर खोजेको छु’ उनी भन्छन् ‘ ५ वर्षमा हेटौंडालाई उत्कृष्ट शहर र उपमहानगर बनाउने मेरो सपना छ ।’
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #हरिबोल महत, #हेटौंडा उपमहानगरपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्