Techie IT
मंगलबार, वैशाख ९,२०८२

बुढानीलकण्ठ– ६ को वडाध्यक्षमा एमालेबाट रवि खड्काको उम्मेदवारी, यस्तो छ विकास योजना


काठमाडौं । बुढानीलकण्ठ नगरपालिका– ६ को वडाध्यक्षमा एमालेबाट रवि खड्काले उम्मेदवारी दिने बताएका छन् ।

एमाले बुढानीलकण्ठ नगर कमिटी वडा नं. ६ को अध्यक्ष समेत रहेका नेता खड्काले आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा विभिन्न विकास निर्माणका योजना अघि सारेर वडाध्यक्ष पदको लागि दाबी गरेको बताए ।

उनले हाल जसले उक्त वडामा नेतृत्व गरिरहेको छ सो कार्यकालमा नभएका विकास निर्माण सम्पन्न गर्ने बताए । साथै, नेता खड्काले अन्य पार्टीको नेतृत्वले भन्दा एमालेको तर्फबाट आफूले चुनाव जितेको खण्डमा फरक विकास तथा जनताको चाहना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले उक्त वडामा खानेपानीको गम्भीर समस्या भएको र चुनाव जितेपछि आफ्नो कार्यकालमा व्यक्तिगत खर्च लगाएर भए पनि दुई वर्षभित्र जनताको घर–घरमा पानी पुर्याउने लक्ष्य रहेको बताए ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545