Techie IT
मंगलबार, वैशाख ९,२०८२

उपमहानगरमा सहमति हुन नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


काठमाडौं । मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । मंगलबार साँझ महानगरमा सहमति जुटाएको गठबन्धन उपमहानगरमा भने सहमति हुन सकेको छैन ।

उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक बस्ने बताइएको छ । मंगलबार सत्ता गठबन्धनमा प्रमुख राजनीतिक दलहरुबीच महानगरको नेतृत्व बाँडफाँडमा सहमति जुटेको थियो ।

उक्त सहमति अनुसार कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिनेछ भने पोखरा एकीकृत समाजवादीले लिनेछ । वीरगन्ज महानगरपालिका जनता समाजवादी पार्टीलाई दिने तय भएको छ ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545