Techie IT
मंगलबार, वैशाख ९,२०८२

गोरखामा गठबन्धनबीच किचलो भएपछि एमाले फाइदाको दाउमा


काठमाडौं । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा विभिन्न राजनीतिक दलहरु चुनावी तालमेलमा दौडधुप गरिरहेका छन् । धेरै जिल्लामा पाँच दलीय सत्ता गठबन्धनले एकैसाथ चुनावमा होमिने सहमति गरे पनि गोरखामा भने निक्कै किचलो भएको छ ।

गोरखामा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का कारण सत्तारूढ चार दलीय गठबन्धन संकटमा परेको छ । माओवादी र कांग्रेसले जिल्लाका एघार स्थानीय तहमा नेतृत्व बाँडफाँड गर्दा आधा–आधा भाग लगाउनुपर्ने भन्दै जिल्ला संयन्त्रको बैठकमा प्रस्तृत भएपछि जनता समाजवादी पार्टी (जसपा) गठबन्धनबाट बाहिरिने तर्खर गरेको स्रोतले जनाएको छ ।

त्यस्तै, अर्को महत्वपूर्ण शक्ति एकीकृत समाजवादीलाई वाइपास गर्न खोजेको आरोप छ । कांग्रेस र माओवादीले एकअर्काको अस्तित्व पनि नस्वीकार्ने अरु दललाई पनि नटेर्ने भएपछि समस्या उत्पन्न भएको हो ।

गोरखामा गठबन्धन फुटेमा एमालेलाई फाइदा हुने देखिएको छ । एमालेले गठबन्धन टुटाएर एकीकृत समाजवादी र या साना दलसँग सहकार्य गर्ने पनि स्रोतको दावी छ । स्रोतका अनुसार एमालेबाट छुट्टिएको शक्ति समाजवादीसँग एमालेले तालमेल गर्न खोजेको छ । बाहिर सबैले गठबन्धन गर्नुपर्छ माथिको सर्कुलर छ भने, पनि भित्र–भित्रै चलखेल भईरहेको पाइएको छ ।

अघिल्लो चुनावमा ९ वटा पालिका जितेकाले अहिले पनि ती पालिका कांग्रेस गुमाउन चाहँदैन । गोरखा जिल्ला आफ्नो लालकिल्ला दाबी गर्ने माओवादी पनि बराबरी सिटको दाबी गरिरहेको छ । जसपाका संस्थापक नेता बाबुराम भट्टराईको जिल्ला भएकाले उचित सम्बोधनको ‘दह्रो दाबी’ जसपाले पनि गरिरहेको छ । एकीकृत समाजवादीले पनि आफ्नो दावी छोड्ने सम्भावना छैन ।

जिल्लाका १२ प्रमुख उपप्रमुख (जिल्ला समन्वय समिति) सहितमा कुनै पनि तहमा नेतृत्व नपाएमा गठबन्धनमा नबस्ने जसपाले चेतावनी दिएको छ ।

माओवादीले गठबन्धनको बैठकमा गठबन्धनका अन्य दलसँग जिल्लामा खासै पार्टी, संगठनको चामसमेत नभएकाले नेतृत्व दिन नसक्ने भनेपछि जसपा जिल्ला तहका नेता गठबन्धनमा बाहिरिने तयारी गरेका छन् ।

स्रोतका अनुसार जसपाले जिल्लाको धार्चे, सिरानचोक गाउँपालिका र पालुङटार नगरपालिका मागेको छ । योसँगै अन्य पालिकामा सम्मानजनक सिट वडाअध्यक्षसहित सदस्य पाउनुपर्ने माग गठबन्धनको बैठकमा राखेको छ । गठबन्धन बैठकमा सहभागी एक नेताका अनुसार जसपालाई कुनै पनि स्थानीय तहको नेतृत्व दिन नसक्ने माओवादीले प्रस्ताव राखेको थियो । यो प्रस्तावमा कांग्रेसले अस्विकार गरेको बताइएको छ ।

कांग्रेसले आफुले जितेको ९ स्थानीय तह र जिसस पूरै छोड्न तयार छैन । कांग्रेसका अनुसार गठबन्धनमा संलग्न दललाई केहि स्थानीय तह छोड्ने सक्ने संकेत त गरेको छ । तर, पूरै छोड्न सक्ने अवस्थामा छैन । कांग्रेसभित्र समेत एक्ला एक्लै निर्वाचनमा जानुपर्ने र ११ वटै स्थानीय तह जित्न सक्ने पालिका पार्टीको रिर्पोटिङसँगै गठबन्धनको बैठकमा कांग्रेस नरम भएर प्रस्तुत हुने गरेको छ ।

गोरखा नगरपालिकामा बलियो संगठन भएको एकीकृत समाजवादी पनि गोरखा नगरपालिका र थप अर्को तहको प्रमुखमा दावी गर्ने चर्चा चलिरहेको छ । गोरखाको कम्युनिस्ट आन्दोलमा अग्रणी भुमिका खेलेका समाजवादी गोरखाका अध्यक्ष यादव बहदुर बस्नेतलाई नै गोरखा नगरको प्रमुख उठन् दबाब छ ।

स्रोतका अनुसार गोरखामा गठबन्धमा सबैले सम्मानजनक स्थान नपाएमा वा गठबन्ध तलमाथि भयो भने एमालेसँग तालमेल हुन सक्ने सबैदलको चर्चा छ ।

एमाले र एकीकृत समाजवादी मिलेमा अधिकांश स्थानमा विजय हासिल गर्ने एक नेताले बताए । ती नेताका अनुसार केन्द्रको असन्तुष्टिकाबीच उम्मेदवारी टुंग्याएमा अन्तरघात हुन सक्ने सम्भावना बढी छ । तालमेलको विषयमा समाजवादीका अध्यक्ष यादव बहादुर बस्नेतले तल्लो तहमा एमालेबाट तालमेलको कुरा आएको बताए ।


क्याटेगोरी : राजनीति, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545