Techie IT
सोमबार, वैशाख ८,२०८२

समृद्धि आर्थिक पक्ष मात्रै होइन;सामाजिक विभेदको अन्त्य पनि हो: प्रदीप पौडेल


 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सामाजिक विभेदको अन्त्यले मात्रै विकास र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
आर्थिक विकास मात्रै विकास नभई विभेद रहित समाज मात्रै आजको विकास मान्यता रहेको उनको भनाई छ । मधेशी, दलित, जनजाती, महिला लगायतका मुद्धालाई समेट्न कांग्रेसले सशक्त पहलकदमी लिनुपर्ने उनको जोड छ ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता पौडेलले यस्तो बताएका हुन् ।
उत्पीडित वर्गको मुद्धालाई दोश्रो जनआन्दोलनको भावना अनुरुप सम्बोधन गरिनु पर्ने उनको सुझाव रहेको छ ।
दोश्रो जनआन्दोलन २०६२/६३ मा भएको थियो । २४३ वर्ष लामो राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्न सबै वर्ग समुदायको समान भूमिका रहेको थियो ।

नेता पौडेलले ट्विटरमा लेखेका छन- ‘समृद्धि आर्थिक पक्ष मात्रै होइन;सामाजिक विभेदको अन्त्य पनि हो। समान अवसर र विभेद-रहित समाज आजको विकास मान्यता हो। त्यसैले, दोश्रो जनआन्दोलनको मर्मलाई समातेर दलित,मधेसी, जनजाति,महिला लगायतका समुदायको मुद्धालाई समेट्न कांग्रेसले सशक्त पहलकदमी लिनुपर्छ।’


क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #प्रदिप पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:31 am6:33 pm +0545