नौकुण्डमा काँग्रेसको लोकप्रियता देखेर ममाथि प्रहार गरियो : अध्यक्ष नुर्वु

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु साङ्बो घलेले नौकुण्डमा काँग्रेसको बढ्दो लोकप्रियता देखेर विभिन्न सञ्चार माध्यामबाट आफूमाथि प्रहार गर्ने प्रयास भएको बताउनुभएको छ ।
दैनिकी नेपाल डटकमले आईतबार लेखेको झुटो समचारको खण्डन गर्दै उहाँले रसुवा र नौकुण्डमा काँग्रेसको लोकप्रियता देखेर आफुमाथि प्रहार गर्ने प्रयास भएको बताउनुभएको हो ।
अध्यक्ष नुर्वुले गाउँपालिकाको पैसाले आफ्नो नाममा हाईड्रोपावरको सेयर किनेको भन्ने समचारमा कुनै सत्यता नभएको बताउँदै आसन्न स्थानीय तहको निर्वाचनमा आफूलाई कमजोर पार्नका लागि विपक्षीबाट गरिएको कुप्रचार भएको बताउनुभयो ।
“गाउँपालिकाको पैसाले रसुवा हाइड्रोपावर र बेत्रावती हाइड्रोपावरको नाममा मैले कुनै शेयर खरिद गरेको भए छानविन गरिपाउँ, म सजायाँ भोग्न तयार छु,”– अध्यक्ष नुर्वुले भन्नुभयो । हाइड्रोपावरको ड्यामसाइडदेखि पावरहाउससम्म जाने बाटोमा ठेक्का पहिल्यै भइसकेकाले गाउँपालिकासँग उक्त बाटोको कुनै सरोकार नरहेको उहाँको भनाई छ ।
नौकुण्ड गाउँपालिकामा ६०० भन्दा बढी मतान्तरले विजय हुनुभएका नुर्वुले आफ्नो बढ्दो लोकप्रियता देखेर आफूमाथि मानव बेचविखनजस्तो घिनलाग्दो आरोप लागेको भन्दै यसको खण्डनसमेत गर्नुभएको छ ।
“कुनै ठोस प्रमाणविना पत्रकारिताको आचारसहिता, मर्म र भावनाविपरित, मानव बेचविखनजस्तो घिनलाग्दो कार्यमा मलाई जोड्नु अत्यन्त निन्दनीय कार्य हो, नभएको र नगरेको कार्य जोडेर ममाथि लगाइएको आरोपबारे छानविन गर्न म सम्बन्धित निकायसमक्ष पुग्नेछु,”– उहाँले भन्नुभयो ।
अध्यक्ष नुर्वुले विस २०४८ सालदेखि रसुवामा बसेर काँग्रेसको सङ्गठन विस्तार गर्दै आउनुभएको छ । उहाँ काँग्रेसको दुईपटक गाविस र गाउँपालिको सभापति बन्नुका साथै दुई कार्यकाल काँग्रेसको महाधिवेशन प्रतिनिधी बनिसक्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नुर्वु साङ्बो घले
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्