कसरी सम्भव भयो पूर्व डिआजी श्रेष्ठलाई श्रीमतीसहित राप्रपामा प्रवेश गराउन ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य देवेन्द्र प्रधानको पहलमा सशस्त्रका पूर्व डिआइजी मन्दिप श्रेष्ठ श्रीमतीसहित राप्रपामा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले केही दिनअघि उनीहरुलाई फूलमाला र अविर लगाएर राप्रपामा प्रवेश गराएका हुन् ।
केन्द्रीय सदस्य प्रधानले उनीहरुलाई पार्टीमा ल्याउन आफूले विशेष पहल गरेको बताएका छन् । ‘अहिले हाम्रो पार्टीप्रति आकर्षण बढ्दैछ, निर्वाचनको मुखमा निरन्तर पार्टी प्रवेशले राप्रपा पनि एउटा प्रमुख शक्ति हो भन्ने प्रष्ट भएको छ’ प्रधानले भने ‘आगामी निर्वाचनमा हाम्रो पक्षमा राम्रो परिणाम आउनेमा हामी ढुक्क छौं ।
श्रेष्ठ दम्पत्ति काठमाडौंको नागार्जुन निवासी हुन् । श्रेष्ठकी श्रीमती रोजी प्रधान एक बोर्डिङ विद्यालयकी प्रिन्सिपल हुन् । कार्यक्रममा विभिन्न पार्टी छोडेका र स्वतन्त्र अभियानका चलाउँदै आएका पनि राप्रपामा प्रवेश गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #मन्दिप श्रेष्ठ, #राप्रपा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्