Techie IT
आईतबार, वैशाख ७,२०८२

सूर्यविनायकको मेयरमा एमालेबाट ६ जनाको दाबी, कोको हुन् ती अनुहार ?


काठमाडौं । आगामी बैशाख ३० गते देशभर हुन गइरहेको स्थानीय निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट सूर्यविनायक नगरपालिकाको मेयरका लागि ६ जनाको नाम नाम सिफारिस भएको छ ।

सुर्यविनायक नगर कमिटीको छैटौँ पुर्ण बैठकबाट मेयरमा ६ जनालाई सिफारिस गरेको सुर्यविनायक नगर कमिटीका अध्यक्ष रविन्द्र सापकोटाले जानकारी दिए । मेयरमा सिफारिस हुनेहरुमा राजेन्द्र राजथला, बासुदेव थापा, किरण थापा, सन्तोष ढुंगेल, राजकुमार सिलवाल र गोविन्द चौलागाँई रहेको अध्यक्ष सापकोटाले बताए ।

स्थानीय तहको निर्वाचनका लागि सूर्यविनायक नगरपालिका मेयरका लागि६ जना र उपमेयरका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । उपमेयरमा जुना बस्नेत, सरिता भटटराई, लक्ष्मि अधिकारी, तारा सापकोटा, ममता राउत, अम्बिका बस्नेत, बिना बस्नेत, तारा खड्का राउत रहेका छन् ।

मेयरका दाबेदार राजथला पुराना नेता एवं प्रदेश कमिटि सचिवालय सदस्य हुन् भने बासुदेव थापा भक्तपुर उपाध्यक्ष एवं वर्तमान मेयर हुन् । त्यसैगरी किरण थापा जिल्ला कमिटीका सदस्य हुन् भने सन्तोष ढुंगेल प्रदेश कमिटी सदस्य, राजकुमार सिलवाल जिल्ला कमिटि सदस्य र गोविन्द चौलागाँई सूर्यविनायक नगरपालिकाको कानूनी सल्लाहकारका रुपमा छन् ।


क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #breaking, #सूर्यविनायक नगरपालिका



तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545