गुलरियाको मेयरमा माओवादीबाट गेहेन्द्र ढकालको दाबी

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र को तर्फबाट गेहेन्द्र ढकालले दाबी गरेका छन् ।
उनी २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि मेयरको उम्मेदवार थिए । उनले लोकप्रिय मत पाएका थिए । उनले आगामी निर्वाचन भनें जित्ने दाबी गरेका छन् । ‘पहिलेभन्दा अहिले हाम्रो पार्टीको अवस्था पनि राम्रो छ, मैले गाउँमै बसेर संगठन बनाएको छु’ उनले भने ‘हिजो त्यस्तै भयो, प्राविधिक कारणले हारियो यो पटक मैले जित्नेमा सबै ढुक्क छन् ।’ उनले मेयर हारे पनि सधैं जनताको सेवा गरिरहेको बताएका छन् । पार्टीको नगर कमिटीको अध्यक्षसमेत रहेका उनी यो नगरपालिकामा माओवादीको राम्रो सम्भावना भएको बताउँछन् ।
‘हाम्रो मत घटेको छैन, नपत्याउने ढंगले बढेको छ, जसको परिणाम निर्वाचनपछि थाहा पाउनुहुन्छ उनी भन्छन् ‘ पार्टीको मत त आइहाल्छ, मलाई अरु पार्टीको पनि समर्थन छ र ‘न्यूट्रल’ मत पनि ल्याउँछु ।’ उनले दिनहुँजसो जनताको सेवा गर्दै आएका छन् । केही कामको सिलसिलामा काठमाडौं आए पनि वा अन्त गए पनि उनी जनताको केही समस्या पर्यो कि भनेर छिटै नगर फर्कने गरेको बताउँछन् । ‘मलाई नगर छोड्न नै मन लाग्दैन, म नहुँदा कसैको काम भएन कि, म उभिँदैमात्र पनि हुन्थ्यो कि भन्ने कुराले मलाई झस्काइरहन्छ’ उनले भने ‘ म पार्टीको उम्मेदवार हुँ, यसमा शंका छैन तर म जनताको साझा उम्मेदवारको रुपमा उभिएको छु ।’ उनी बर्दियामा नै माओवादीको राम्रो अवस्था रहेको दाबी गर्छन् ।
काठमाडौंमा पढ्दा र बस्दा उनले अखिल क्रान्तिकारीको विभिन्न पदमा बसेर काम गरिसकेका छन् । आफ्नै गाउँमा गएर केही गरौं भनेर फर्किएको उनको भनाई छ । ‘गाउँ नै मेरो आधार हो, गाउँको लागि नै केही गर्नुपर्छ भनेर काठमाडौंमा आउने सबै सम्भावनालाई त्याग्दै घर फर्केको हुँ’ उनी भन्छन् ‘मैले गाउँ बस्दा पनि किन आइछु यता भन्ने अनुभूति पाएको छैन र अरुलाई पनि त्यस्तो भान छैन ।’ उनी सबै पार्टीका मान्छेको काम सजिलै गरिदिन्छन् । पार्टीका मान्छेमात्र मान्छे हुन् भन्ने सोच आफूमा नरहेको भन्दै थपे ‘फरक विचार र सिद्धान्त लिन पाइन्छ , म त्यसको आधारमा कसैलाई विभेद गर्दिन ।’ उनले एम्ए र एम्एड् गरेका छन् ।
आफूले राम्रो ग्राउण्ड बनाएकाले सबैजसो जनता आफ्नो पक्षमा भएको उनको बुझाई छ । उनले नगरपालिकालाई कस्तो बनाउने भन्ने दृष्टिकोण पनि अघि सारेका छन् । शिक्षा, स्वास्थ्य र रोजगारीका साथै नागरिकको जीवनस्तर उकास्ने योजना आफूसँग भएको उनको दाबी छ । ‘ म मेयर भएपछि यो नगरपालिकामा आमूल परिवर्तन हुन्छ, यो चुनावी नारामात्र होइन तत्काल महसुश हुने गरी काम गर्छु’ उनले भने ‘सत्ता गठबन्धनको कुरा छ, गठबन्धनमा पनि माओवादी बलियो भएकाले मेयर पक्कै हाम्रो भागमा पर्छ, गत निर्वाचनमा पनि माओवादी एक्लै हुँदा पनि थोरैमात्र मतले हारेको हुनाले पनि यसलाई प्रमाणित गरिदिएको छ ।
उनले आफूसँग युवा सोच र विचार भएकाले सबैको भावनाको सम्बोधन गर्नेसमेत जनाएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #गेहेन्द्र ढकाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्