एमालेले गर्यो हेटौँडाको मेयर र उपमेयरमा तीन–तीन जनाको नाम सिफारिस

हेटौँडा । नेकपा एमालेले हेटौँडा उपमहानगरपालिकाको मेयर र उपमेयर पदका लागि ३–३ जनाको नाम सिफारिस गरेको छ ।
मंगलबार बसेको उपमहानगर कमिटीको बैठकले सर्वसहमतिमा उम्मेदवार टुंगो लगाउन नसकेपछि ३र३ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको जनाएको छ ।
मेयर पदमा अहिलेका मेयर हरिबहादुर महत, पूर्व सांसद अनन्त प्रसाद पौडेल र जिल्ला समन्वय समिति मकवानपुर सदस्य गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
यस्तै उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र ईन्द्र प्रसाद नेपालको नाम सिफारिस गरिएको छ । बुधबार जिल्ला कमिटीको बैठकबाट उम्मेदवारको टुंगो लगाउने नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले बताए ।
क्याटेगोरी : राजनीति, विशेष
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्