Techie IT
मंगलबार, वैशाख ९,२०८२

प्रचण्डले राखे माओवादीको चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो


काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको चुनावी पोष्टरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो राखेका छन् ।

अध्यक्ष प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि फोटो राखिएको हो ।

अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको फोटो राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरिएको छ । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ । यतिबेला विभिन्न राजनीतिक दलहरु चुनावी प्रचारप्रसारमा लागिपरेका छन् ।


क्याटेगोरी : राजनीति, विशेष


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545