Techie IT
मंगलबार, वैशाख ९,२०८२

कमल थापाकी छोरी प्रतिष्ठाले पनि त्यागिन् राप्रपा


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाकी छोरी प्रतिष्ठा थापा रायमाझीले राप्रपा परित्याग गरेकी छन् । यसअघि कमल थापाकै छोरा अभिषेकले पनि राप्रपा त्यागीसकेका छन् ।

हाल प्रतिष्ठाले गत महाधिवेशनमा केन्द्रीय सदस्य पदमा निर्वाचित साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन् ।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा बताएकी छन् ।

राप्रपा महाधिशेनमा राजेन्द्र लिङ्देनसँग पराजीत भएपछि कमल थापाले पार्टी परित्याग गरेका थिए ।


क्याटेगोरी : राजनीति, स्थानीय
ट्याग : #hot, #प्रतिष्ठा थापा रायमाझी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Haze
5:30 am6:33 pm +0545