तारकेश्वरका पत्रकार एवं समाजिक अभियन्ता कुवँर विवेकशील साझा पार्टीमा प्रवेश

काठमाडौं । तारकेश्वर निवासी सामाजिक अभियन्ता एवं पत्रकार महेशजंग कुवँर विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । कुवँरले सोमबार विवकेशील साझा पार्टीको प्रधान कार्यालय बखुण्डोलमा आयोजित एक समारोहका बीच पार्टी अध्यक्ष रवीन्द्र मिश्रबाट सदस्यता लिएका हुन् ।
दशकौँसम्म सत्तामा रजगज गरेका पार्टीहरुले मुलुक र समाजको रुपान्तरण गर्न नसकेको भन्दै कुँवरले विवेकशील साझा पार्टीको नेतृत्वबाटमात्र परिवर्तन र रुपान्तरण गर्न सकिने धारणा राखे ।
काठमाडौंको उत्तरी भू–भागमा पर्ने तारकेश्वर नगरपालिका राजधानीकै जिल्लामा हुँदापनि विकासका सन्दर्भमा धेरै पछि परेको भन्दै कुँवरले व्यक्तिगत प्रयासबाट मात्र रुपान्तरण गर्न नसकिने देखिएकाले इमानदार राजनीतिक संगठनमा जोडिएको प्रतिक्रिया दिए ।
सो अवसरमा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कुँवरजस्ता हजारौँ इमानदार र स्वच्छ छवी भएका सदस्य पार्टीलाई आवश्यक भएको बताए ।तारकेश्वर नगरपालिका– १ स्थायी घर भएका कुँवर लामो समयदेखि पत्रकारिता र सामाजिक अभियानमा सक्रिय छन् । नागरिक विकास समाजका अध्यक्ष समेत रहेका कुँवर बहुदल आएसँगै नेपाली काँग्रेस, राप्रपा लगायत पार्टीको महत्वपूर्ण भूमिकामा रहेर काम गरिसकेका व्यक्ति हुन् ।
क्याटेगोरी : राजनीति, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्