विप्लवलाई पनि चुनावमा सहभागी गराऔँ : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायतका पार्टीलाई पनि निर्वाचन प्रक्रियामा आउने वातावरण मिलाउनुपर्ने बताएका छन्।
राष्ट्रिय सूचना आयोगले राजधानीमा सोमबार आयोजना गरेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा सूचनाको गलत प्रसारण, व्याख्या र अपव्याख्या विषयक कार्यक्रममा नेता महरले भने, ‘मुलुक लामो समय द्वन्द्वमा फसेर शान्ति प्रक्रियामा आइसकेको अवस्थामा सबै राजनीतिक दललाई निर्वाचनमा सहभागी हुन सक्ने वातावरण मिलाउनुपर्छ।’
सहिदको बलिदानबाट प्राप्त शान्ति र संविधानको रक्षा गर्दै मुलुकमा विकास गर्नुपर्ने बेला आएको बताए।
‘हामीले आजको दिन ल्याउन ठूलो संघर्ष गरेका छौँ। धेरैले ज्यानको आहूति दिनुभएको छ। देशमा शान्ति छाएको छ। संविधान आएको छ। देश समयमै निर्वाचन हुने प्रक्रियामा होमिएको छ। अब यी सबै उपलब्धिलाई संस्थागत गर्दै देश विकासमा लाग्नुपर्छ’, उनले भने। उनले अरु विषयमा नेताहरू र राजनीतिक दलहरूका बीचमा फरक मत भए पनि विकासको सवालमा भने एकमत हुनुपर्ने बताए।
‘सभामुखज्यू यहीँ हुनुहुन्छ। म उहाँमार्फत सरकारलाई सबै राजनीतिक दललाई चुनावमा सहभागी हुने वातावरण मिलाउन आग्रह गर्न चाहन्छु’, नेता महरले भने, ‘मुलुक लामो द्वन्द्वपछि शान्तिप्रक्रियामा आएको छ। अब पनि मुलुकमा द्वन्द्वको अवस्था सिर्जना हुनुहुँदैन। तीनै तहको निर्वाचन सौहार्द वातावरणमा सम्पन्न होस्।’
नेता महरले सबैलाई सत्यतथ्य सूचना मात्रै सम्प्रेषण गर्न आग्रह गरेका छन्। भ्रमपूर्ण सूचनाले निर्वाचनलाई नै प्रभावित पार्ने भएकाले सत्यतथ्य सूचना मात्र सम्प्रेषण गर्न उनले आग्रह गरेका हुन्।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #नैनसिंह महर, #विप्लव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्