भिमसेनथापा गाँउपालिका अध्यक्षमा एमालेबाट युवा नेता लामिछाने काे दाबी

गोरखा । आशन्न स्थानीय तहको निर्वाचनको मिति वैशाख ३० गतेको लागि घोषणा भएसंगै गोरखाको भिमसेन थापा गाँउपालिकामा चुनावी रौनक तातेको छ ।
भिमसेनथापा गाँउपालिका अपार सम्भाव्यता बोकेको शिक्षित तथा राजनैतिक चेतनाको दृष्टिकोणले समेत सदैव चर्चामा रहने पालिकामा, आशन्न स्थानीय निकायको चुनावमा पालिका अध्यक्ष,उपाध्यक्ष, वडा अध्यक्ष, वडा सदस्यहरु बन्ने होडबाजीमा विभिन्न राजनैतिक दलका दर्जनौं नेताहरु टिकटको लागि दौडधुप गरिरहेका छन् ।
यसै बिच भिमसेन थापा गाँउपालिका अध्यक्षमा नेकपा एमाले बाट शैलेस लामिछानेकाे दाबेदारी रहेको छ ।
लामो समयदेखि नेकपा एमालेकाे राजनितिमा सक्रिय हुदै आईरहेका लामिछाने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काे केन्द्रीय सदस्यमा पनि हुन् ।
लामिछाने निकै लामाे समय देखि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गोरखाको पूर्ब अध्यक्ष भइ मजदुरको भलाईका लागि काम गर्दै आएका छन् ।
पार्टीले विश्वास गरेमा आउदाे दिनमा पालिकाकाे नागरिककाे हक हितमा सदैब लागिरहने बताए। साथै भेलीकाे दिनमा गाँउपालिकाकाे बिकास र समृद्ध को निम्ति जन आवज लाई ध्यान मा राखेर आफुले काम गर्ने उनले बताए ।
उनी नेकपा एमाले गोरखाको पुर्ब जिल्ला कमिटी सदस्य पनि हुन्।
गाउँपालिकामा टिकट पाएकाे खण्डमा आफ्नै पार्टी को अन्य उम्मेदवार भन्दा आफ्नो मत धेरै रहेको र चुनाब सहजै जित्ने लामिछाने को तर्क छ ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #शैलेश लामिछाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्